काठमाडौं, १५ वैशाख–राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले आन्दोलनरत शिक्षकलाई आफू आवद्ध दलसँगको आवद्धता परित्याग गर्न आग्रह गरेका छन्। महतोले सत्तासीन दल निकट शिक्षकहरूकै माग सरकारले नसुनेर दमन गरेको भन्दै यस्तो आग्रह गरेका हुन् ।
‘अधिकतर शिक्षकहरू अहिलेकै सत्तासीन प्रमुख दलमा आवद्ध हुनुहुन्छ र उहाँहरुकै सरकार छ र पनि हकहितको निमित्त संघर्ष गर्नुपरेको छ’ महतोले सोमबार विज्ञप्ति प्रकाशित गरी भनेका छन्, ‘उहाँहरूकै सरकारले माग पूरा गरिरहेको छैन र उल्टै दमनमा उत्रेको छ । त्यसकारण यस्तो परिस्थितिमा या त उहाँहरूले सरकारविरुद्ध आन्दोलन छोड्नु पर्यो । या त अधिकांश शिक्षकहरू आफू आवद्ध रहेको पार्टी कांग्रेस, एमालेको आवद्धता त्याग्नु पर्यो ।’
अध्यक्ष महतोले शिक्षकमाथि दमन गरेकोप्रति आपत्ति प्रकट गर्दै तत्काल उनीहरूका माग पूरा गर्न सरकारसँग आग्रह गरेका छन् ।

