काठमाडौं, १६ वैशाख–बीपी कोइराला र योगमाया राष्ट्रिय पुरस्कार २०८१ प्राप्त गर्नेको नाम घोषणा भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बीपी कोइराला राष्ट्रिय पुरस्कार दुवै विधामा दुई–दुई जनालाई प्रदान गर्ने निर्णय गरेको हो।
मन्त्रालयका अनुसार राजनीतिक दर्शनतर्फ सुनसरीकी मीना सुब्बा र अछामका नयनसिंह कडायतलाई प्रदान गर्ने निर्णय भएको छ। २ लाख रुपैयाँ राशिको यो पुरस्कार दुईजनालाई एक(एक लाखका दरले प्रदान गरिनेछ।
साहित्यतर्फ पाँचथरका बैरागी काइँला र मोरङका भुवन ढुंगानालाई प्रदान गरिने भएको छ। २ लाख रुपैयाँ राशिको यो पुरस्कार दुईजनालाई एक(एक लाखका दरले प्रदान गरिनेछ।
यस्तै एक लाख राशिको योगमाया राष्ट्रिय पुरस्कार बर्दियाकी निलम कार्की निहारिकालाई प्रदान गरिने भएको छ।
