प्रकाश ज्वाला

काठमाडौँ, १८ वैशाख–नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले वजेट अधिवेशनमा पार्टीका तर्फबाट सुशासन र रोजगारीका सम्बन्धमा जोडदार आवाज उठाउने बताउनु भएको छ।

आज (बिहिबार) पेसागत महासंघ नेपालले आयोजना गरेको ुपेसागत तथा जनसरोकारका सवालहरुु विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष ज्वालाले उक्त कुरा बताउनु भएको हो।

नेकपा (एकीकृत समाजवादी) ले बुधबार मात्रै प्रधामन्त्री केपी शर्मा ओलीलाई भेटेर मुलुकको विकास र समृद्धिको निम्ति सरकारले गर्नुपर्ने कुराहरु सुझाव र मागका रुपमा ज्ञापन पत्र बुझाईसकेको स्मरण गराउँदै ज्वालाले भन्नुभयो, ‘अब संसदमा हाम्रो पार्टीले अघि सारेका सुशासन र रोजगारीका सन्दर्भमा जोडदार आवाज उठाउछौैँ। मुलुको विकास र समृद्धिका निम्ति सुशासन र रोजगारी अनिवार्य सर्त हो।’

सरकारले संसदमा पेश गर्न विधेयकका सन्दर्भमा व्यापक छलफल हुनुपर्र्ने ज्वालाको भनाई छ। पार्टी केन्द्रीय प्रचार विभाग प्रमुखसमेत रहनु भएका ज्वालाले अगाडि भन्नुभयो, ुसरकारले बजेट अधिवेशनका अवसरमा संसदमा विधेयक दर्ता गर्दैछ। हाम्रो पार्टीले उठाएका एजेण्डालाई आगामी बजेटमा समावेश गर्नेगरी आवाज उठाउछौँ। शिक्षा ऐन, कर्मचारी ऐन, प्रहरी ऐनलगाय सबै खालका ऐन ल्याउनुपूर्व वृहत छलफल बहस गर्नुपर्छ। अनि मात्रै ती ऐनले मुलुकका समस्या दिगो रुपमा समाधान गर्न सक्छन्।ु

महासंघको कार्यालय लैनचौरमा सम्पन्न कार्यक्रमको अध्यक्षता प्रेमल खनालले गर्नुभएको थियो भने पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे प्रमुख अतिथि रहनु भएको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *