दमक, १८ वैशाख–दमक नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु चढेको गाडी दुर्घटनामा परेको छ । आज (बिहिबार) अपरान्ह करिब ४ः१० बजे उदयुपुरको कटारी नगरपालिका वडा नं ६ सोमबारेस्थित मदन भण्डारी लोकमार्गमा भएको दुर्घटनामा परी नगरपालिकाका कानुन अधिकृत माधव बस्नेतको मृत्यु भएको छ ।

चितवनबाट झापातर्फ फर्किँदै गरेको मे १ च ३०४० को स्कारपियो गाडी आफै अनियन्त्रित भएर सडक साईडमा लगाएको फलामको ट्रष्ट बेरियरमा ठोक्किएको प्रहरीले जनाएको छ ।

स्कारपियोमा सवार दमक नगरपालिका वडा नं ३ का ५५ बर्षिय माधब बस्नेतलाई उपचारको लागि प्रादेशिक अस्पताल कटारी पुर्याउन साथ अस्पतालले मृत घोषणा गरेको जनाइएको छ । बस्नेत नगरपालिकाका कानुन अधिकृत हुन् ।

दुर्घटनामा परी गाडीमा सवार दमक १० का वडाध्यक्ष राजेन्द्र प्रसाद भण्डारी, दमक ६ का वडा सदस्य कमल श्रेठ, नगरपालिकाका कर्मचारीहरु नविन खतिवडा, ज्ञानेन्द्र गौतम, सवारी चालक दमक ९ का ३८ बर्षिय देबेन्द्र तामाङ, गौरादह नगरपालिका वडा नम्बर १ का ५४ बर्षिय भुवन दाहाल घाइते भएका छ्न ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *