कमल थापा

काठमाडौँ, १८ वैशाख–राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र भ्रष्टहरु उत्पादन गर्ने कारखानामा परिणत भएको आरोप लगाएका छन्।

आज (बिहीवार) १३६औँ श्रमिक दिवसका अवसरमा राप्रपा, नेपाल आबद्ध मजदुर संगठन ९टुकोन० ले आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र भ्रष्टहरु उत्पादन गर्ने कारखानामा परिणत भएको आरोप लगाएका हुन्। उनले उदास, हतास र निराशा चिर्नकै लागि पनि व्यवस्था परिवर्तन जरुरी भएको दावी गरे।

अध्यक्ष थापाले सम्पूर्ण हिन्दुवादी एक हुनुपर्ने वर्तमानको माग भएकाले वर्षायाम शुरु हुनुअगावै गणतन्त्रविरुद्ध आन्दोलनको वातारण निर्माण गर्नुपर्नेमा जोड दिए।

‘राप्रपा नेपालले केही वर्षदेखि अहिलेको भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट देशलाई मुक्त गर्ने, सनातन हिन्दूराष्ट्र, राजसंस्था पुनःस्थापना गर्ने र अहिलेको तीन तहको संघीय संरचनालाई परिमार्जन गरेर केन्द्र र स्थानीय तहको २ तहमात्र व्यवस्था गर्नुपर्छ भनेर आह्वान गरिराखेको छ‚ बेला बेलामा सडक संघर्ष पनि गरिरहेका छौँ‚’ उनले भने, ‘विभिन्न दलहरु र समूहहरुले एक्लाएक्लै गरेको संघर्षबाट अहिलेको व्यवस्था परिवर्तन गर्न नसकिने भएका कारण सबै एकजुट भएर अगाडि बढौँ भनेर आह्वान गर्दै प्रयास गरिरहेका छौँ। अहिले राजसंस्था पुनःस्थापना गर्छु भनेर लागेका सबै दल र समूहहरुको वैशाख १५ गते नै सन्देश दिइसकेका छौँ। अहिलेको व्यवस्थाबाट मुक्ति चाहने सबैको एउटा साझा मोर्चा बनाएर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता छ।’

अध्यक्ष थापाले हिन्दुराष्ट्र स्थापना र सुशासन कायम गर्न राष्ट्रवादीहरुको आन्दोलनमा उत्रिएको दावीसमेत गरे।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *