नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल

काठमाडौँ, २६ वैशाख–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रदीप नेपाल नेपाली कम्युनिष्ट आन्दोलनको बहुप्रतिभाशाली नेता भएको बताएका छन्।

काँडाघारीस्थित दिवङ्गत नेता नेपालको निवासमा परिवारलाई भेट्न पुगेका नेता खनालले कम्युनिष्ट आन्दोलनका महत्त्वपूर्ण नेता नेपालको निधनबाट आफू मर्माहत भएको बताउँदै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरे।

नेपाली कम्युनिष्ट आन्दोलन, नेपालको लोकतान्त्रिक आन्दोलन, नेपालको देशभक्तिपूर्ण आन्दोलन र नेपाली प्रगतिशील सांस्कृतिक आन्दोलनलाई अघि बढाउन महत्त्वपूर्ण योगदान गर्नु भएको स्मरण गर्दै नेता खनालले विभाजित कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने, कोअर्डिनेसन केन्द्रको निर्माण गर्ने, नेकपा ९माले० को गठन गर्ने र नेकपा ९एमाले० लाई विकास र विस्तार गर्ने लगायतका कामहरूको सराहना गरे।

नेता नेपालको निधनमा एक अनुशासित, दृढ, इमान्दार र नीतिनिष्ठ नेतालाई गुमाएका बताउँदै उनले नेता नेपालको अशल विचार, सद्गुण र अशल कार्यशैलीबाट सिक्दै एउटा सुन्दर, सभ्य, लोकतान्त्रिक र समृद्ध समाजवादी नेपाल निर्माण गर्नुपर्नेमा जोड दिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *