दमक, २६ वैशाख–स्वरोजगार हलुका सवारी श्रमिक संस्थाले आज बिहान दमकमा संचेतना मुलक सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । हलुका सवारी श्रमिक संस्थाको प्रथम बार्षिकोत्सवको अवसरमा दमक बस पार्क र नयाँ ट्याक्सी स्टेण्डमा वृहत सरसफाई गरिएको थियो ।

संस्थाका अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षतामा र नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम गरिएको थियो । सो अवसरमा संस्थाको अध्यक्ष श्रेष्ठले दमकमा हलुका सवारी चालकहरुबीच एकता, पेशागत हक–अधिकार र सामाजिक सेवामा सहभागिता हुने उदेश्यले एक वर्षअघि स्वरोजगार हलुका सवारी श्रमिक संस्था स्थापना भएको बताउनुभयो ।

संस्थाका अध्यक्ष श्रेष्ठले संस्थाले दमकका स्थानीय सरकार, सकारी तथा गैह्रसरकारी संघसंगठन, प्रहरी प्रशासन, ट्राफिक प्रहरी, रेडक्रस, उद्यमी, व्यवसायी, राजनीतिक दल, विद्यार्थी, मजदुर, संञ्चारकर्मी, संचेत नागरिकहरुर्संगको सहकार्य र हात्तेमालो गर्दै सेवामुलक कार्यक्रमहरु आयोजना गर्दै जाने बताउनुभयो ।

संस्थाका सचिव वेनुराज प्रसाईले सरसफाई कार्यक्रममा इलाका प्रहरी कार्यालय दमकका टोली, ट्राफिक प्रहरी कार्यालय दमकका टोली, जीवन चक्र समाज नेपालका प्रतिनिधिहरु र स्वरोजगार हुलुका सवारी श्रमिक संस्थाका पदाधिकारीहरु र संस्थाका सदस्यहरुको सहभागिता थियो ।

यसअघि, औपचारिक कार्यक्रममा दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाई, दमक ७ का वडाध्यक्ष भीम पौडेल, ६ का अध्यक्ष टेकबहादुर थापा, ८ का अध्यक्ष दिपेश दाहाल, दमक खानेपानी सरसपाmई उपभोत्ता समितिका अध्यक्ष रवि न्यौपाने लगायत दमकका सामाजिक अगुवाहरुको उपस्थिति थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *