दमक, २९ वैशाख–नेकपा (एकीकृत समाजवादी) को झापा जिल्ला अध्यक्षमा विपी भट्टराई निर्वाचित हुनुभएको छ । एकीकृत समाजवादीको १०औं जिल्ला अधिवेशनबाट भट्टराई सर्वसम्मतले निर्वाचित हुनुभएको हो ।

त्यस्तैं, एकीकृत समाजवादी झापाको उपाध्यक्षमा नविन इजम (शिबसताक्षी) र सरस्वती लिम्ब (बिर्तामोड) चयन हुनुभएको छ ।

सचिवमा सानुकुमार लामा (भद्रपुर), उपसचिवमा होमबहादुर बराल (कमल), श्रीप्रसाद मिश्र (बिर्तामोड), उदय बराइली (मेचीनगर) सर्वसम्मत चयन हुनुभएको छ ।

अधिवेशनले सिएन नेउपाने, प्रतिक राजवंशी, तीर्थ नेपाल, मिरा प्रधान, खगेन्द्र नेपाल, ज्ञानेन्द्र निङलेकु, धनेन्द्र इजमसहित ६१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको हो ।

जिल्ला अधिवेशनको पार्टीका सम्मानित नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले बिर्तामोडमा उद्घाटन गर्नुभएको हो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *