दमक, २९ वैशाख–दमकको सामाजिक सेवामा अनवरत लागिपर्ने उद्धबबहादुर राई र दमकको शैक्षिक क्षेत्रमा संस्थागत विकासमा सक्रिय मनोज साङपाङ राई सम्मानित भएका छन् । किराँत राई यायोक्खा दमक नगर समितिले उभौली पर्वको अवसरमा आयोजना गरिएको कार्यक्रममा सामाजिक सेवातर्फ उद्धबबहादुर राई र शिक्षा सेवातर्फ मनोज साङपाङ राई सम्मानित भएका हुन् ।

दमक–१ बुद्ध चोकमा अवस्थित किराँत राई यायोक्खाको माङखिम (मन्दिर) साकेला थान परिसरमा आज (सोमबार) आयोजित कार्यक्रममा यायोक्खा नगर समितिले वहाँहरुलाई सम्मान गरेको हो । सम्मानित व्याक्तित्वहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो । उद्धबहादुर यायोक्खा झापाका पूर्वउपाध्यक्ष हुनुहुन्थ्यो । त्यस्तैं, वहाँ, दमक–९ का यसअघिका वडा सदस्य हुनुहुन्थ्यो ।

त्यस्तैं, साङपाङ दमकमा पुराना शैक्षिक संस्था सञ्चालक हुनुहुन्छ । वहाँको नेतृत्वमा दमक–१ फाल्गुनन्द चौक नजिकै चुलाचुली माध्यमिक विद्यालय स्थापना भएर हालसम्म सञ्चालन भइरहेको छ । वहाँ, विद्यालयसंगै यायोक्खाको संस्थागत विकासमा लामो समयदेखि क्रियाशिल हुनुहुन्छ ।

अध्ययनसंगै यायोक्खा दमक नगर अध्यक्ष बासुदेब राईको अध्यक्षतामा भएको कार्यक्रममा आयोजना लरिएको कार्यक्रममा महिलाहरुका लागि सियोधागो खेल र पुरुष–महिलहरुका लागि हाडीफोर खेल खेलाइएको थियो ।

सो अवसरमा दमक–१ वडाध्यक्ष हरिप्रसाद न्यौपाने, सम्मानित व्याक्तित्व उद्धब बहादुर राई, दमक–१ पूर्वअध्यक्ष ताराप्रसाद अधिकारी, यायोक्खा झापा सचिव सुषन राई लगायको व्याक्तित्वहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

त्यस्तैं, कार्यक्रममा पारषमणी राई, इलाका प्रहरी कार्यालय दमकका प्रमुख तथा प्रहरी नायव उपरिक्षक रापप्रसाद तिम्सिना, थुलुङ डेन्टलकी सञ्चालिका तथा लाइफ लाइन अस्पताल दमककी दत्तरोग विशेषज्ञ डाक्टर सोफिया थुलुङ राई, दमक–७ मा अवस्थित इष्टन स्ट्रार माध्यमिक विद्यालयका संस्थापक तथा प्रिन्सिपल एलडी राई, धिरेन लावोती, महेन्द्र चाम्लिङ राई, एमएस राई, किराँत याक्थुम चुम्लुङ दमकका अध्यक्ष देबेन्द्र चेम्जोङ, पत्रकार अनिलदेब राई लगायतको उपस्थिति थियो ।

कार्यक्रममा दमक–५, दमक–८, दमक–६, दमक–१, दमक–७ र दमक नगर समितिका साकेला टोलीहरुले साकेला सिली (नृत्य) प्रदर्शन गरेका थिए ।

यायोक्खा दमक नगर सचिव बीरेन राईले सञ्चालन गर्नुभएको कार्यक्रममाा उपाध्यक्ष धनजीत राईले स्वागत मन्तव्य राख्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *