जसपा अध्यक्ष उपेन्द्र यादव

मोरङ, ३० वैशाख–जनता समाजवादी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार असफल भइसकेको बताएका छन्। जसपा नेपालको पहिलो मोरङ जिल्ला अधिवेशनको विराटनगरमा सोमबार उद्घाटन गर्दै अध्यक्ष यादवले सरकार आफैंले प्रतिबद्धता जनाएको सुशासन, भ्रष्टाचार नियन्त्रण र संविधान संशोधनमा कुनै काम नगरेकै कारण सरकार पूर्ण असफल भएको अध्यक्ष यादवको तर्क छ ।

सबै नियुक्ति, नीति तथा कार्यक्रमदेखि बजेट निर्माणसम्म बिचौलियाहरू नै निर्णायक भएको भन्दै अध्यक्ष यादवले सबैखाले नियुक्ति लेनदेनका आधारमा हुने गरेको आरोप लगाए । त्यसैको परिणाम म्याद सकिनु एक महिनाअघि नियुक्त गर्नुपर्ने गभर्नर म्याद सकिएको लामो समयसम्म पनि नियुक्त हुन नसकेको अध्यक्ष यादवले बताए ।

व्यक्तिगत इर्ष्र्या र महत्वाकांक्षाका कारण यो सरकार गठन भएको भन्दै लूटतन्त्र र कमिसनतन्त्रको चलखेलमा अहिले राज्य चलिरहेको अध्यक्ष यादवको आरोप छ । भ्रष्टाचार बढेको भन्दै अध्यक्ष यादवले सुशासनको ठाउँमा कुशासनले राज गरेको पनि बताए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *