दमक, २९ बैशाख–विषादी सेवनबाट दमकमा एक जना युवाको ज्यान गएको छ ।
चार दिन अघि झारपात मार्ने विषादी सेवन गरेर घाईते भएका दमक–९ पूर्वेली टोलका ३२ बर्षिय रोशन थापाको ज्यान गएको हो ।
विषदी सेवनबाट सिकिस्त भएका रोशन थापाको विर्तामोडस्थित बिर्तासिटी अस्पतालमा सोमबार विहान उपचारका क्रममा मृत्युभएको हो ।
प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान शुरु गरेको जनाएको छ ।
