काठमाडौँ, ३० वैशाख–अखिल नेपाल महिला संघ (अनेमसंघ समाजवादी) को सातौँ राष्ट्रिय सम्मेलन आगामी जेठ ३ र ४ गते काठमाडौँमा सम्पन्न हुनेभएको छ।
नेकपा (एकीकृत समाजवादी) की उपाध्यक्षसमेत रहनु भएकी अनेमसंघकी अध्यक्ष जयन्ती राईले सातौं राष्ट्रिय सम्मेलनको नारा र लोगो सार्वजनिक भएको बताउनुभयो ।
अनेमसंघ अध्यक्ष राईकाअनुसार ‘समाजवाद निर्माणको आधार तय गरौँ, समपूर्ण क्षेत्रमा समानुपालिक सहभागिता सुनिश्चित गरौँ’ भन्ने मुलु नाराका साथ सातौँ राष्ट्रिय सम्मेलनको आयोजना गरिएको हो।
संघले हालै सातौँ राष्ट्रिय सम्मेलको लोगोसमेत सार्वजनिक गरेको छ।
