काठमाडौं, १ जेठ–नेपाल प्रज्ञा–प्रतिष्ठानले वर्ष २०८१ का लागि विभिन्न विधामा प्रदान गरिने प्रज्ञा पुरस्कारहरू हिजो एक भव्य समारोहका बीच प्रज्ञा प्रतिष्ठान हल, काठमाडौंमा सम्पन्न कार्यक्रममार्फत वितरण गरेको छ।

यस वर्षको प्रज्ञा साहित्य पुरस्कार २०८१ खोटाङका विशिष्ट कवि जसराज किराँतीलाई प्रदान गरिएको छ। उहाँलाई नेपाली कविता क्षेत्रमा पुर्‍याएको विशेष योगदानको कदरस्वरूप रु १ लाख राशिसहित सम्मान गरिएको हो।

समारोहमा विभिन्न विधामा उत्कृष्ट स्रष्टाहरूलाई सम्मान गरिएको थियो। अन्य पुरस्कृत व्यक्तिहरू यसप्रकार छन्स्

प्रज्ञा भाषा पुरस्कार २०८१ः चूडामणि रेग्मी
सामाजिकशास्त्र पुरस्कार २०८१ः दिल साहनी
संस्कृति पुरस्कार २०८१ः डिक बान्तवा
बाल साहित्य पुरस्कार २०८१ः शारदा रमन नेपाल
साहित्य पुरस्कार (पद्य) २०८१ः जसराज किराँती
साहित्य पुरस्कार (गद्य) २०८१ः कृष्ण धरावासी
समालोचना पुरस्कार २०८१ः सुधा त्रिपाठी
दर्शन पुरस्कार २०८१ः गोपीरमण उपाध्याय
अनुवाद पुरस्कार २०८१ः बलराम अधिकारी
अन्तरदेशीय पुरस्कार २०८१ः भबिलाल लामिछाने (भारत०

कार्यक्रमको प्रमुख अतिथि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव डा। धनप्रसाद सुवेदीले पुरस्कृत स्रष्टाहरूलाई बधाई दिँदै नेपाली भाषा, साहित्य, दर्शन, समाजशास्त्र र संस्कृतिमा योगदान पुर्‍याउने व्यक्तित्वहरूको कदर गर्नु प्रतिष्ठानको दायित्व भएको बताए।

कार्यक्रममा विभिन्न साहित्यकार, प्राज्ञ, संस्कृतिकर्मी, सञ्चारकर्मी तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रतिष्ठानले आगामी वर्षहरूमा पनि यस्ता पुरस्कारमार्फत सिर्जनशीलताको कदर गरिरहने प्रतिबद्धता जनाएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *