धरान, १ जेठ––नेकपा (माओवादी केन्द्र) को भातृ संगठन किराती राष्ट्रिय मुक्ति मोर्चाको नयाँ नेतृत्व चयन भएको छ । सुनसरीको धरानमा सम्पन्न पाचौं राष्ट्रिय सम्मेलनबाट पूर्वमन्त्री रामकुमार राई (पासाङ) को अध्यक्षतामा ७६ सदस्यीय मोर्चाको केन्द्रीय कमिटी चयन भएको हो ।
बैशाख २८ र २९ गते भएको सम्मेलनले निर्वाचित केन्द्रीय कमिटीको बरिष्ठ उपाध्यक्षमा तिलकप्रसाद राई, उपाध्यक्षहरुमा अर्जुन जम्नेली राई, शुसिल वान्तावा, ज्ञान किराती, महासचिवमा बसन्त वान्तावा राई चुनिएका छन् ।
उप–महासचिवहरुमा रेखराज राई, कुमार जेरो राई, सचिवहरुमा बिर्सिका राई, सन्तोष मुकमिङ राई, देवान तिलुङ राई, दिनेश किराती र कोषाध्यक्षमा कृपा राई सर्वसम्मत चयन भएका छन् ।
विधान अनुसार आयोगहरुको अध्यक्षहरुमा अनुशासन आयोगको अध्यक्षमा शौभाग्यवति राई ९पूर्व प्रदेश सांसद०, लेखा आयोगको अध्यक्षमा डेकिन्द्रकुमार राई र निर्वाचन आयोगको अध्यक्षमा हर्क छिन्ताङ राई रहेका छन् । आयोगको अध्यक्ष र सचिव संघीय समितिको पदाधिकारी र सदस्यहरु सचिवालय सदस्य सरहहुने विधानमा व्यवस्था रहेको छ ।
यसैगरि, केन्द्रीय सदस्यहरुमा खोटाङबाट विजय चाम्लिङ, मणी वान्तावा राई,राजेन्द्र राई, उदयपुरबाट कमलादेवी राई,जयकुमार राई, जंगबहादुर राई, मैयाकुमारी राई, भोजपुबाट अनिता राई, सम्भु राई, सन्दिप किरावा, केशरमान राई,सुनसरीबाट जीवन राई, सृजना राई, उमा राइ,भुपाल राई, चेली राई, मोरङबाट रामकुमार राई, रेवती राई, नवीन राई, अनितादेवी राई,झापाबाट श्यामकुमार राई, रचना कुलुङ, लिलाबहादुर राई र इन्द्रकुमार राई चुनिएका छन् ।
यसैगरि, धनकुटाबाट अमृतकुमार राई, रामबहादुर राई, अनिता राई, संखुवासभाबाट दुर्गादेव ९याम्फु० राई, नयन्द्र नाम्सोङहाङ राई, कुमार राई, पाँचथरबाट निसान राई, इलामबाट देब कुमार राई, श्याम राई, ओखलढुंगाबाट कविराज सुनुवार, मनिसा राई र ताप्लेजुङबाट सीता राई र जयप्रकाश राई चयन भएका छन् ।
सम्मेलनको पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए ।
कार्यक्रममा पूर्व सभामुख ओनसरी घर्ति मगर, पार्टी प्रदेश इन्चार्ज हरिबोल गजुरेल (शितलकुमार) ले, पार्टी अनुशासन आयोगको अध्यक्ष टंक राई लगायतले शुभकामना दिएका थिए ।
