दमक, ३ जेठ–नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सल्लाहकार सदस्य इन्द्रबहादुर बुढाथोकीको आज असमायीक निधन भएको छ । दमक नगरपालिकाका पूर्व नगर प्रमुख समेत रहनुभएका झापाका पुराना बामपन्थी नेता बुढाथोकीको हरिओम कोलनीस्थित निजी निवासमा असमायीक निधन भएको हो ।
मुटु, मृगौलासहित श्वासप्रश्वास, सुगर, प्रेसर लगायतका समस्याहरुबाट पीडित बुढाथोकी २०४९ सालमा दमक नगरपालिकाका नगर प्रमुख (मेयर) मा निर्वाचित जनप्रनिनिधि हुनुहन्थ्यो । ७२ बर्षिय बुढाथोकीका श्रीमती, एक छोरी र दुई छोरा छन् ।
बुढाथोकीको पार्थिव शरीर आजै कनकाई मुक्ति घाँटमा दहाँसंस्कार गरिएको छ । यसअघि, बुढाथोकीको पार्थिब शरिरलाई दमक नगरपालिकाको प्राङ्गणमा श्रद्धाञ्जलीका लागि राखिएको थियो ।
त्यहाँ, नेकपा (एकीकृत समाजवादी) झापाका इन्चार्ज, भद्रपुर नगरका पूर्व नगर प्रमुख, पूर्वसांसद पुष्पराज पोख्रेल, कोशी प्रदेशमा मन्त्री एकराज कार्की, संविधानसभा सदस्य दीपक कार्की, प्रदेश सांसद होमबहादुर थापा, कोशी प्रदेशका पुर्व सांसद अर्जुन राई, नगर प्रमुख राम थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाई, एकीकृत समाजवादी झपाा अध्यक्ष बिपी भट्टराई, सचिव सानुकुमार लामा, नेता बेदराज रेग्मी, टंक विश्वकर्म (ल्वागुन) लगायतका नेताहरुले पार्थिव शरिरमा पुष्पगुच्छा अर्पण गरेका थिए ।
त्यस्तैं, बुढाथोकीको अन्येष्टी कार्यक्रममा पूर्वसांसद नरेश खरेल, संविधानसभा सदस्य रबिन कोइराला, एकीकृत समाजवादीका केन्द्रीय सदस्य नीलमणी बराल, दमकका जनप्रनिनिधिहरु लगायत सयौंको संख्यामा मलामी सहभागि थिए ।
यसैवीच, पूर्व नगर प्रमुख बुढाथोकीको निधनप्रति दमक नगर उपप्रमुख रेगना भट्टराई प्रसाइँले श्रद्धासुमन सहित समवेदना व्यक्त गरेकी छन् । सामाजिक सञ्जालमा बुढाथोकीको निधनप्रति शोक व्यक्त गर्दे उनले भनेकी छन्,–‘दमकले एक जना विकासप्रेमी, सामाजिक व्यक्तित्व गुमाउनु परेको छ । दमकको समृद्धिमा उहाँले पुर्याउनुभएको योगदान हाम्रा लागि सदैव स्मरणीय रहने छ ।’

