दमक, ३ जेठ–साकेला उभौलीको अवसर पारेर किरात राई यायोक्खा कमल प्रांरिम्भक समितिले जेष्ठ नागरिक सम्मान तथा साकेला शिली प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ ।
पाडाजुङ्गीस्थित शसस्त्र प्रहरी गेट नजिकै साकेला थान परिसरमा आयोजना गरिएको साकेला उभौली कार्यक्रममा कमल गाउँपालिकाका ८० वर्ष माथिका ज्येष्ठ आमा बुबाहरुलाई सम्मान गरेको हो ।
कमल-५ स्थित साकेला थान परिषरमा आयोजित उभौली विशेष कार्यक्रमका अवसर पारेर ८० वर्ष माथिका ३३ जना ज्येष्ठहरुलाई सम्मान गरिएको हो । उनीहरुलाई पालिका अध्यक्ष एबम् कार्यक्रमका प्रमुख अतिथि हुकुमसिंह राई लगायतले सम्मान प्रदान गरेका थिए ।
ज्येष्ठहरुको दिर्घजीवनको कामना गर्दे सामूहिक रुपमा सम्मान गरिएको यायोक्खा कमलका अध्यक्ष हरिषचन्द्र राईले बताए ।
यसरी सम्मानित हुनेहरुमा किरात मुन्दुम पुस्तकका लेखक कमल–४ निवासी सन्तकुमार इसारा, कमल–५ की कृष्णकुमारी राई, पृथ्वीध्वज राई, बसन्त दुमी राई, ललितकुमार वान्तवा, नरप्रसाद राई, नरबहादुर माङपाङ, माया राई, पम्पादेवी राई, मणिकुमार राई, मुलुकसिंह राई, नन्दराज राई, पञ्चवीर राई, पृथ्वीवादुर राई, अम्बरवहादुर राई, जीतबहादुर राई, बलबहादुर राई लगायत रहेका छन् ।
यस्तै, विष्णुमाया राई, कुमारी राई, मनिरुपा राई, जटमाया राई, दिलकुमारी राई, टिकाकुमारी राई, लालमाया राई लगायत रहेका छन् । सम्मानित ज्येष्ठ मध्ये महिला १४ र पुरुष १९ रहेका छन् ।
कार्यक्रममा यायोक्खा प्रदेश १ का अध्यक्ष पारषमणि राई, केन्द्रीय सदस्य इन्द्रमान चाम्लिङ, कमल–२ की वडा सदस्य कल्पना राई, कमल (६ की वडा सदस्य गंगा राई, यायोक्खा दमक नगर अध्यक्ष बासुदेव राई लगायतको उपस्थिति रहेको थियो । त्यस अवसरमा दमक र कमलको साकेला टोलीले साकेला सिली प्रस्तुत गरेका थिए ।
