काठमाडौँ, ४ जेठ–नेकपा (एकीकृत समाजवादी) को भ्रातृ संगठन अखिल नेपाल महिला संघ (समाजवादी) को अध्यक्षमा मुनु सिग्देल सर्वसम्मत चयन भएकी छन् ।

आज (आइतबार) सम्पन्न सातौँ राष्ट्रिय सम्मेलनले सिग्देलको नेतृत्वमा नयाँ कमिटी चयन गरेको अनेमसंघ इन्चार्ज जयन्ती राईले जानकारी दिइन् ।

इन्चार्ज राईका अनुसार संघको महासचिवमा राजेन्द्रलक्ष्मी गैरे चयन भएकी छन् भने उपाध्यक्षहरूमा क्रमशः उषा पोखरेल, अनारकलिम मियाँ, लिना खान, देवी ओली, गीता सोडारी, र भगवती नेपाल पनि सर्वसम्मत चयन भएका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *