झापा, ४ जेठ–झापामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् । आज (शनिबार) दिउँसो मेचीनगर नगरपालिका–१४ दुवागढी चोकस्थित चन्द्रगढी–चारआली सडक खण्डमा चारआलीबाट चन्द्रगढी तर्फ जादै गरेको स १ क १८१ नम्वरको टिपरले सोही दिशातर्फ जाँदै गरेको प्र १–०१–००१८ प ००७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको छ ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–१३ का ५५ वर्षीय मनप्रसाद लिम्बूको पिसाब थैलीमा चोट लागेको छ भने अवस्था गम्भीर रहेको छ ।
त्यस्तै, सोही मोटरसाइकलमा पछाडि सवार उनको श्रीमती ५२ वर्षीया टिकाकुमारी श्रेष्ठ ९लिम्बू० समेतको दुवै खुट्टामा चोट लागेको छ भने अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुबै जना घाइतेको बीण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । घाइते दम्पत्तिको उपचारमा आफन्तहरु संलग्न रहेका छन् । मोटरसाइकल र टिपर प्रहरी चौकी चारआलीको नियन्त्रणमा रहेको छ ।
टिपर चालक गौरीगञ्ज गाँउपालिका–१ का २६ वर्षीय विजय सरदारलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय धुलाबारी पठाइएको छ ।
