गोविन ल्वागुन/पाराबारी (शिबसताक्षी), ५ जेठ–शिवसताक्षी ३ पाराबारीस्थित भानु माध्यमिक बिध्यालयमा अध्ययनरत बिपन्न तथा जेहेन्दार बिध्यार्थीहरुलाई निशुल्क पाठ्य( पुस्तकहरु वितरण गरिएको छ ।
आज (सोमबार) भानु माध्यमिक विद्यालयमा एक कार्यक्रमबीच अंग्रेजी माध्यममा अध्यान गर्ने कक्षा १ देखि ५ सम्मका बिपन्न २१ जना बिध्यार्थीहरुलाई पाठ्यपुस्तक सेट र कक्षा ४ र ५ का ४१ जना बिध्यार्थीहरुलाई कम्प्युटर बिषयको पुस्तक बितरण गरिएको हो ।
विद्यालयका पूर्व विद्यार्थी समेत रहनुभएका शिबसताक्षी–२ हिमाली टोली निवासी हालः काठमाण्डौंमा व्यवसाय क्षेत्रमा सक्रिय मचिन्द्र शेर्माले रु ३३ हजार मुल्य बराबरको अंग्रेजी माध्यमका पाठ्य पुस्तक र कम्प्युटर पुस्तक वितरण गरिएको हो ।
सामुदायिक बिध्यालयमा बिपन्न परिवारका बालबालिकाहरु अध्ययन गर्ने भएकोले पाठ्य( पुस्तककै अभाबले गर्दा कोही पनि पढाईबाट बन्चित हुन नपरोस भनेर किताब खरिद गरि सहयोग गरेको मनकारी दाता शेर्माले बताउनु भयो ।
शेर्माले भन्नु भयो आफु यस बिध्यालयको पुर्व बिध्यार्थी समेत रहेकोले यस बिध्यालयको शैक्षिक गुणस्तर सुधारमा योगदान पुर्याउन यस्तो कार्य गरिएको हो ।
त्यस्तैं, विद्यालयको कक्षा कोठा, भवन निर्माण, पुस्तकालय, सौचालय, पिउने पानी, खेलकदु लगायतका भौतिक पुर्वधार बिकासमा समेत आगामी दिनमा थप सहयोग गरिने शेर्माले सो अवसरमा बताउनुभयो ।
दाता शेर्माकै पहलमा यसअघि बिध्यालयको २ कोठे भवनको योजना अनुसार भवन धमाधम निर्माण कार्य भैइरहेको छ ।
यस बिध्यालयमा धेरै जसो ज्याला मजदुरी गरि जिबिको पार्जन गर्ने परिवारको सन्तानहरु अध्यापन गर्ने भएकोले दाताको यस्तो सहयोगले बिध्यार्थीमा ठुलो टेवा पुग्ने
बिध्यालयका प्रधानध्यापक बिजय चौधरीका अनुसार विद्यालयमा दैनिक ज्यालादारी गरेर जीविका पार्जन गर्ने अभिवाहकहरुका नानी बाबूहरु अध्ययन गर्दै आइरहेका छन् ।
कार्यक्रममा शिक्षकअभिभावक संघका अध्यक्ष रोहित कुमार बास्तोला, वडाअध्यक्ष भष्कर न्यौपाने लगायतले दाता शेर्माको प्रसंशा गर्दै आगमी दिनमा पनि सहयोगको अपेक्षा गरेका छ्न।
करिब ४ सय बिध्यार्थी अध्यापन गर्दै आएको यस बिध्यालयमा हाल कक्षा ५ सम्म अंग्रेजी माध्यममा पठन(पाठन भैइ रहेको छ भने यो शैक्षिकसत्र बाट कक्षा ११ मा शिक्षा संकायमा अध्यापन सुचारु हुने बताइएको छ ।
बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष गणेश बहादुर राईको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
