मोरङ, ५ जेठ–कोशी प्रदेश सभाका सदस्यहरु सवार गाडी पूर्वपश्चिम लोकमार्गमा पर्ने मोरङको कानेपोखरी सडक खण्डमा दुर्घटना भएको छ ।
झापाबाट प्रदेश सभा बैठकमा सहभागी हुन आउँदै गरेका सांसदहरु सवार बिएई १४०६ नम्बरको कारलाई बा ५ प ३५२० नम्बरको कारले ठक्कर दिँदा दुर्घटना भएको हो ।
गाडीमा प्रदेशसभा सदस्यहरु नम्बरलाल धिमाल, राधाकृष्ण, खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ्ग सवार थिए । उनीहरुको अवस्था सामान्य रहेको र बैठकमा सहभागी नभई घर फर्किन लागेको सांसद मैयाँ श्रेष्ठले जानकारी दिईन् ।
सांसद सवार गाडीलाई जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले चलाएको गाडीले ठक्कर दिएको हो । खड्का गाडीमा निदाएका कारण दुर्घटना भएको बताइएको छ ।
