दमक, ५ जेठ–झापाको कमल गाउँपालिका–५ मंगलवारेमा सञ्चालित पालिकास्तरिय अध्यक्ष कप खुल्ला बुद्धिचाल प्रतियोगिता २०८२ को उपाधि कृष्णप्रसाद सिग्देलले जितेका छन् ।
मंगलवारेस्थित नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाको सभाहलमा मंगलवार सम्पन्न बुद्धिचाल प्रतियोगितामा कमल–१ निवासी कृष्णप्रसाद सिग्देलले उपाधिसंगै नगद तथा प्रमाणपत्रबाट पुरस्कृत भए ।
यसैगरि, कमल (४ का बिक्रम जीत लिम्बू दोश्रो र सोहि वडाकै क्षितिज लिम्बू तेश्रो बने ।
उनीहरुलाई कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, कमल (६ का वडाअध्यक्ष नरेन्द्र भटटराई, रेडक्रस लखनपुर उपशाखाका सभापति चन्द्र साह लगायतले विजेता र उपविजेताहरुलाई नगद, ट्रफि तथा प्रमाणपत्र वितरण गरेका थिए ।
कमल गाउँपालिका बुद्धिचाल संघले आयोजना गरेको एक दिवसीय प्रतियोगितामा कमल गाउँपालिकाका ७ वटै वडाका बुद्धिचाल खेलाडीहरुले सहभागिता जनाएका अध्यक्ष दीपककुमार दंगालले बताए ।
कमल गाउँपालिकाको आर्थिक सहयोगमा भएको सो प्रतियोगिता सम्पन्न गर्न झापा जिल्ला बुद्धिचाल संघले प्राविधिक सहयोग पुरयाँएको थियो ।
