काठमाडौँ, ७ जेठ–नेकपा (एकीकृत समाजवादीं) का महासचिव घनश्याम भूसालले मुलुकको राजनीतिले एजेण्डा गुमाउँदै गएको निष्कर्ष निकाल्नु भएको छ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उहाँले समाज पनि बरालिँदै गएको बताउनु भएको हो। ‘आजको हाम्रो लोकतान्त्रिक गणतन्त्रका दुईवटा मुख्य जिम्मेवारी थिए, कृषि, उद्योग, पर्यटन, सूचना–प्रविधि, जलविद्युतलगायत उत्पादक पूर्वाधारमा लगानी गरेर बेरोजगारी उन्मुलन गर्नु र शिक्षा तथा स्वास्थ्यमा सबै जनताको पहुँचलाई ग्यारण्टी गर्दै सबै खालका विभेद, ढिलासुस्ती र भ्रष्टाचारको अन्त्य गरेर सुशासनको ग्यारण्टी गर्नु। अर्थात्, रोजगारी र सुशासन नै राज्यको, राजनीतिको, राजनीतिक दलको वा दलका नेताको नीति, कार्यक्रम र योजना हुनुपर्थ्यो, तिनका योग्यता–अयोग्यताको कसी हुनुपर्थ्यो,’ उहाँले भन्नुभएको छ।

दुर्भाग्यवश् उद्यम नगर्ने तर अकूत नाफा थुपार्दै जाने पुँजीपति र भ्रष्ट राजनीतिक नेतृत्वको मिलीभगतबाट जन्मिने दलाल पुँजीवाद ९चल्तीमा भाषाको ‘बिचौलियातन्त्र’ ले गणतन्त्रमा पनि हाम्रो रोजगारी र सुशासन दुवैलाई अपहरण गरिरहेको उनको भनाइ छ। जसरी पनि सरकार बनाउने वा जसरी पनि भत्काउने भोरजुवाको खालमा गणतन्त्रको चीरहरण हुँदै गएको भूसालले बताएका छन्।

‘एकपछि अर्को गठबन्धनको नालायकी उदांगो बन्दै गयो र जनतामा निराशा र आक्रोशको उकुसमुकुस बढ्दै गयो। हेर्दाहेर्दै, पुरानो दरबारका हुक्के–बैठकेहरू दिनदहाडै राजतन्त्रको मृतआत्माका पुनरूत्थानको सपना देख्न थाले। संक्षेपमा हाम्रो राजनीतिले एजेण्डा गुमाउँदै गयो, समाज बरालिँदै गयो,’ उहाँले अगाडि भन्नुभएको छ।

दस वर्षमा बेरोजगारी उन्मुलन गर्न र विभेद, ढिलासुस्ती तथा भ्रष्टाचार मुक्त मुलुक बनाउन सकिन्थ्यो र अझ सकिने भूसालको भनाइ छ। अहिले राष्ट्रले खोजेको राजनीतिको एजेण्डा यही भएको उहाँले बताउनुभयो।

‘राष्ट्रिय एकता र स्वाधिनताको रक्षाको मूलबाटो यही हो, संविधानले बोकेको सपना पनि यही हा। हाम्रो प्रयत्नले राजनीतिलाई सहि बाटोमा हिँडाउन र त्यस्तो पार्टी तथा नेतृत्व निर्माण गर्न सकिन्छ। जति हण्डरठक्कर खाए पनि यो मुलुक आज वा भोली वा पर्सी यही ठाउँमा आउनै पर्छ। त्यसैले आउनु होस्, छलफल गरौँ,’ उहाँको दृष्टिकोण छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *