फाइल तस्विरः मृत हात्ती

झापा, ७ जेठ–बुद्धशान्ति–५ को पाँचपोखरी सामुदायिक बनमा ‘घुमन्ते गज’ नामको रैथाने जंगली हात्ती मरेको छ । बुधबार विहान स्थानीबासीले जंगलभित्र मरेका हात्ती देखेपछि बन कर्मचारीहरुलाई खबर गरेका थिए ।

जिल्ला बन कार्यालय झापाले उक्त हात्ती लामो समयदेखि विरामी रहेको र प्रकृति संरक्षण कोषबाट डाक्टर ल्याएर उपचार समेत गरिएको जनाएको छ । अन्दाजी ५० देखि ५५ वर्षको उक्त हात्तीको दाह्रा छैन ।

बाहुनडाँगीको आरआरटी (बन्यजन्तु संरक्षणमा सक्रिय) का युवाहरुले समेत उक्त बिरामी हात्तीलाई बिगतमा बन्दाकोभी लगायतका आहार जंगलमै लगेर खुवाउने गरेको थियो ।

बाहुनडाँगीका बन्यजन्तु संरक्षण अभियन्ता शंकर लुइँटेलले उक्त रैथाने हात्तीको नाम ‘घुमन्ते गज’ राखेका थिए ।हात्तीलाई कोशी टप्पु आरक्षबाट आएको प्राविधिक टोलीले बुधबारनै पोस्टमार्टम जाँच गरेको बन कार्यालयले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *