भक्तपुर, ८ जेठ–आफूलाई प्रहरी इन्सपेक्टर (प्रहरी निरीक्षक) बताउँदै ठगी गर्ने एकजना मध्यपुर थिमीबाट पक्राउ परेका छन्।

भोजपुर साल्पासिलिछो गाउँपालिका–३ घर भई हाल मध्यपुर थिमी नगरपालिका(२ दिव्यश्वरी बस्ने २३ वर्षीय सुजन गिरीलाई प्रहरीले मध्यपुर थिमीको दिव्येश्वरीबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए। पक्राउ परेका गिरीलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए।

यसैगरी, मध्यपुर थिमी नगरपालिका( ८ र ९ बोडेका विभिन्न क्षेत्रबाट स्कुटर चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ओखलढुङ्गा घर भई हाल गोकर्णेश्वर नगरपालिका(५ बस्ने १९ वर्षीय अबिन श्रेष्ठ, मकवानपुर घर भई गोकर्णेश्वर नगरपालिका( ९ बस्ने १९ वर्षीय पेम्बा मोक्तान, सिन्धुपाल्चोक घर भई गोकर्णेश्वर नगरपालिका( ८ बस्ने १९ वर्षीय आयुष गोले पक्राउ परेका छन्।

यस्तै सुनसरी जिल्ला घर भई काठमाडौँ नारायणटार बस्ने १८ वर्षीय रितेश राई, कास्की पोखरा महानगरपालिका( १ घर भई नारायणटार बस्ने १८ वर्षीय सुजन गुरुङ, रौतहट घर भई नारायणटार बस्ने १८ वर्षीय अनिल तामाङ र मकवानपुर मनहरी( २ घर भई काठमाडौँ बस्दै आएका १८ वर्षीय विक्रम तामाङ पक्राउ परेका छन्।

पक्राउ परेकाहरूले बोडेबाट दुई स्कुटर चोरी गरेका थिए। उनीहरूलाई चोरीको स्कुटरसहित पक्राउ गरेको प्रहरी नायब निरीक्षक नेउपानेले जानकारी दिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *