दमक, ७ जेठ–झापाको दमकमा सञ्चालित खुशी खुश्वु सीप विकास तालिम केन्द्रले कमल गाउँपालिकामा आजदेखि महिलाहरुका लागि सीपमुलक तथा आयआर्जन कार्यक्रम सुरु गरेको छ ।

भेडाको उनबाट विभिन्न सामाग्रीहरु बनाउन र त्यसलाई व्यवसायीकरण गर्नका लागि खुशी खुश्वु सीप विकास तालिम केन्द्र दमकको प्राविधिक सहयोग र कमल गाउँपालिका वडा नंम्बर ६ को आर्थिक सहयोगमा तालिम आजदेखि सुरु भएको हो ।

तालिम केन्द्रकी सञ्चालिका जमुना निरौला अधिकारीको अध्यक्षतामा र वडा कार्यालयका अध्यक्ष नगेन्द्र भट्टराईको प्रमुख आतिथ्यतामा सीपमुलक तथा आयआर्जन कार्यक्रमको उद्घाटन भएको थियो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष भट्टराईले तालिमको ब्यानर पढेर उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि वडाध्यक्ष भट्टराईले तालिमबाट सिकेको सीपलाई व्यवहारिक जीवनमा जोड्न आग्रह गर्नुभयो । तालिमलाई केवल सहभागिता जनाउनका लागि मात्रै नभएर घर, व्यवहार र जीवनपयोगी बनाउन वडाध्यक्ष भट्टराईले जोड दिनुभयो ।

उद्घाटन कार्यक्रममा कमल ६ का वडा सदस्यहरु, वडा कार्यालयका कर्मचारीहरु, स्थानीय संघसंस्थाका प्रतिनिाधिहरु र तालिममा सहभागि प्रशिक्षार्थीहरुको सहभागिता थियो ।

तालिम केन्द्रका सञ्चालिका जमुना निरौला अधिकारीका अनुसार १५ दिनसम्म सञ्चालन हुने तालिममा वडाका १५ जना महिलाहरुले सहभागि जनाएका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *