काठमाडौं, १२ जेठ–‘भिजिट भिसा’ प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकबारे छलफल गर्न सोमबार नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ।

बैठक बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने तय भएको मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए। यसमा मुछिएसँगै गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने र दिन नहुनेमा पार्टीभित्र फरक(फरक धारणा आएसँगै देउवाले पदाधिकारी बैठक डोकेका हुन्।

यसैगरी बैठकमा क्रियाशील सदस्यता नवीकरणबारे क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक गगन थापाले पदाधिकारीलाई ‘ब्रिफिङ’ गर्नेछन्। महामन्त्री थापाले क्रियाशील सदस्यता नवीकरणको अवस्थाबारे बैठकमा जानकारी गराउने मुख्यसचिव पौडेलले बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *