काठमाडौं, १२ जेठ–प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरूलाई जेठ १५ गते राजधानी काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न दिर्नेशन दिएका छन्।

हिजो (आइतबार) एमाले बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त निर्देशन दिएका हुन्।

वडाअध्यक्षहरूलाई प्रशिक्षणमा ध्यान दिन र त्यसपछि १५ गतेको कार्यक्रममा पूर्ण रूपमा समर्पित हुन उनले निर्देशन दिए।

‘म साथीहरूलाई भन्न चाहन्छु, निर्देशन पछि आउला। १५ गतेका लागि यहाँबाट भोलि उठ्ने बित्तिकै तयारी थाल्नुस्। १५ गते के के गर्नुपर्छ भन्ने कुरा पार्टीले भन्छ। तपाईंहरू जस्तो जे गर्नुपर्छ तयारी अवस्थामा बस्नुहोला। जतिबेलासम्म प्रशिक्षण चल्छ प्रशिक्षणमा ध्यान दिनुस्। प्रशिक्षण सिद्धिएपछि १५ गतेमा ध्यान दिनुस्।’

उनले अगाडि भने, ‘१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा नेकपा एमालेको निण्न्त्रण हुनुपर्छ। कुन संस्था अगाडि लाग्छ, कसले के आयोजना गर्छ त्यो कुरा छोडिदिनुस्।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *