काठमाडौं, १६ असोज–नेकपा (एमाले( का मनोनीत केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण आज हुने भएको छ।

एमाले केन्द्रीय कमिटीको असोज पहिलो साता सम्पन्न बैठकले विधानअनुसार ३३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो।

मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आज दिउँसो ३ बजे पार्टी कार्यालय च्यासलमा राखिएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।

एमाले केन्द्रीय कमिटी बैठकले काशीनाथ अधिकारी (चितवन), देवराज घिमिरे (झापा), हरि रिजाल (प्यूठान), पासाङ शेर्पा (ताप्लेजुङ), नरेन्द्र भट्टराई (इलाम), नन्दराम देवकोटा (खोटाङ), धर्म गिरी (प्यूठान), नारायण घर्ती (जाजरकोट), विद्यासुन्दर शाक्य (काठमाडौं), शान्तिलाल महत (जुम्ला), पोल्तेन छेपाङ गुरुङ (मनाङ), प्रेम दङ्गाल (काठमाडौं), सुरेन्द्र उदास (भोजपुर), विनोद पाण्डे (काठमाडौं), पुष्पराज श्रेष्ठ (सिन्धुली), विमला घिमिरे (कपिलवस्तु) लाई केन्द्रीय सदस्य मनोनित गरेको थियो।

त्यसैगरी शिवमाया तुम्बाहाम्फे (मोरङ), कौशिला खत्री (जाजरकोट), जानुका सिम्खडा (धादिङ) र बिना बास्तोला (भक्तपुर) पनि केन्द्रीय सदस्यमा मनोनीत भएका थिए।

अन्य पार्टीबाट एमालेमा समायोजन भएका नेताहरूलाई पनि केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ।

जसमा मोहम्मद इस्तियाक राई (बाँके), प्रदीप यादव (पर्सा), अब्दुल हुसैन अन्सारी (सुनसरी), डिबी कार्की (स्याङ्जा), भवानी खापुङ (तेह्रथुम), दीपक साउद (अछाम), जय गोले तामाङ (काठमाडौं), धर्मराज निरौला (सुनसरी), रवि चाम्लिङ (खोटाङ), विनोद पहाडी (रुपन्देही), श्रीप्रसाद शर्मा (बागलुङ), रामप्रीत राम (सिराहा) र ध्रुव विष्ट (भक्तपुर) रहेका छन्।

यस्तै सोही केन्द्रीय कमिटी बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित र थममाया थापालाई स्थायी कमिटी सदस्य चयन गरेको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *