दमक, १३ जेठ–सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले आज १६औं बार्षिकोत्सव मनाएको छ । दमक–६ राधाकृष्ण मन्दिर नजिकै रहेको सहकारी संस्थाले बार्षिकोत्सवमा विभिन्न कार्यक्रमहरुका साथ मनाएको हो ।
सूर्य दर्शन सहकारी संस्थाले दमक–६ आफ्नै निजी भवनको भुईमा रहेको सौचालयलाई सार्वजनिक प्रयोजनमा छुट्टयाइएको छ । तीब्र बजारीकरण र जनघनत्वसंगै सो सडकहुँदै सर्वसाधारणको आवतजावत बढेपछि सहकारी संस्थाले निजी खर्चमा सौचालय निर्माण गरिएको हो ।
सो सौचालयको आजै दमक–६ का वडाध्यक्ष टेकबहादुर थापाले उद्घाटन गर्नुभएको छ । निजी खर्चमा सहकारी संस्थाले निर्माण गरेको सार्वजनिक सौचालय दमकमा यो ने पहिलो भएको वडाध्यक्ष थापाले बताउनुभयो ।
त्यस्तैं, आजै सहकारी संस्थाले वृहत खुल्ला रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ । रक्तदानमा १८२ जनाले रक्तदान गरेका छन् । सो कार्यक्रमबीच नियमित रक्तदान गर्ने तीन जना रक्तदाताहरुलाई सूर्य दर्शन सहकारी संस्थाले सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरकेो छ ।
रक्तदाताहरु चुडामणी आचार्य, सरोज बराल र रुद्रकुमार श्रेष्ठलाई कार्यक्रममा सम्मान गरेको सहकारी संस्थाका कर्जा विभाग प्रमुख इश्वर नेपालले जानकारी दिनुभयो । सम्मानित रक्तदाताहरुलाई संस्थाका अध्यक्ष टीकाराज सापकोटा लगायतले सम्मान गर्नुभएको थियो ।
१६औ बार्षिकोत्सवकै अवसर पारेर सूर्यदर्शन साकोसले दमकमा दोश्रो अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । हाजिरिजवाफ प्रतियोगितामा बिजेता हुने विद्यालय र टोलीलाई दमक–९ का वडाध्यक्ष कुवेर भट्टराई, संस्थाका अध्यक्ष सापकोटा, सचिव कमल नेपाल, व्यवस्थापक अरुण भण्डारी, राजकुमार खड्का, होम श्रेष्ठ, इश्वर नेपाल लगायतले पुरुस्कार वितरण गर्नुभएको थियो ।
स्थापना दिवसको अवसर पारेर सूर्य दर्शन सहकारी संस्थाले दमक–६ र ७ का हनुमान मन्दिरहुँदै दक्षिणतर्फको सडकमा गमलासहितको फूल सजाइएको छ । वित्तियकारोबारसंगै सामाजिक उक्तरदायित्व अन्तर्गत रचनात्मक कार्यक्रमहरु विगतदेखि सञ्चालन गर्दै आइरहेको संस्थाका अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।
