काठमाडौं, १६ असोज–आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा हुने त्रिकोणात्मक सिरिजका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ।
अक्टोबर ९ देखि १९ सम्म हुने प्रतियोगितामा सन्दीप लामिछानेले टोलीको कप्तानी गर्नेछन् भने आसिफ शेख विकेटकिपर रहनेछन्।
टोलीमा सन्दीप लामिछाने, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरालगायत रहेका छन्।

