पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

विराटनगर, २७ जेठ–पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले सधैं देश र जनताको पक्षमै काम गर्ने बताएकी छन्। पूर्वी नेपालबाट काठमाडौं फर्किने क्रममा मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो त्यो बाहेक कुनै ठूलो आकांक्षा नभएको स्पष्ट पारेकी छन्।

आफ्नो राजनीतिक जीवन नै नेकपा ९एमाले० बाट शुरू भएकाले सक्रिय राजनीतिमा आउँदा स्वाभावैले एमालेमै आउने उनले बताइन् । ‘एकचोटी नाता जोडिएपछि सधैं रहिराख्। हुन त मान्छेहरू पार्टी छोड्छन् पनि। म चाहिँ त्यस्तो व्यक्ति हो जहाँ जन्मे(हुर्किए आजसम्म एउटै लाइनमा छु।

हिजोदेखि नै वामपन्थी आन्दोलनमा लागियो र अहिलेसम्म नि म छु,’ उनले भनिन्, ‘त्यो हेर्दा विद्या भण्डारी पार्टीगत राजनीतिमा आउँदा के हुन्छ भन्ने प्रश्न होला । पार्टीगतरूपमा त म त्योभन्दा फरक रूपमा हेर्न सक्दिनँ । राष्ट्रिय राजनीतिमा देशलाई कसरी राम्रो हुन्छ भन्ने कुरामा मेरो जोड छ।’

उनलाई सञ्चारकर्मीले तपाईं पूर्व आउँदा काठमाडौंतिर किन भूइँचालो जान्छ भनेर प्रश्न गरेका थिए। जवाफमा उनले भनिन्, ‘त्यस्तो त मलाई थाहा छैन। पूर्वमा म दुईटा कार्यक्रमको सन्दर्भमा आएको हो। मलाई पनि रुचि थियो उहाँहरूले बोलाउनु भयो र आएँ,’ उनले भनिन्, ‘म शुरूदेखि नै पार्टीमा काम गरेको हो । चिनजान धेरै छ । जनताको आकांक्षा बुझ्न म लागेको छु । म देशभित्र घुम्न एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहनु पर्दैन ।’

उनले आफूले कुनै गुटगत राजनीति नगरेको बताइन्। ‘अध्यक्ष ओली (केपी शर्मा ओली) जीले मलाईनै ताकेर भन्नु भयो होला भन्ने मलाई लाग्दैन। म कहिले गुट नबनाएको मान्छे त्यसो भन्न मिल्दैन। उहाँले पनि त्यस्तो भन्नु भएको होइन होला। तपाईंहरूले त्यस्तो अर्थ लगाउनु भयो कि ?,’ उनले थपिन्, ‘अरू आकांक्षीको मनमा प्रश्न उठेको होला। मैले त त्यस्तो आकांक्षा राखेको छैन। जहाँ जसरी हुन्छ काम गर्ने हो। उहाँले भनेको चाहिँ महाधिवेशन आउँछ। नेतृत्व निर्माण हुन्छ। मिलाएर गर्छौं भनेर आश्वस्त गर्नु भएको हुनसक्छ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *