पत्रकार दिलभुषण पाठक

काठमाडौं, २ असार–उच्च अदालत पाटनले पत्रकार दिलभुषण पाठकलाई कानून बमोजिम बाहेक पक्राउ नगर्न अल्पकालीन आदेश दिएको छ।

आज पाठकले आफूविरूद्वको पक्राउ पूर्जीविरुद्ध दायर गरेको रिटमा न्यायाधीस ऋषिराज भण्डारीको इजलासले अल्पकालीन आदेश दिएको हो ।

इजलासले असार ५ गते दुवै पक्षलाई छलफलका लागि पनि बोलाएको छ। प्रहरीको साइबर ब्युरोले पक्राउ गर्न खोजेपछि पाठकका तर्फबाट उनकी श्रीमती शिखा प्रसाईंले उच्च अदालतमा निषेधाज्ञाको निवेदन दायर गरेकी थिइन्।

उनका पक्षबाट वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा, डा। भीमार्जुन आचार्य, अधिवक्ता ओमप्रकाश अर्याललगायतले बहस गरेका थिए। अहिले राज्य प्रेस र आलोचकप्रति अनुदार रूपमा प्रस्तुत भइरहेको र साइबर कानुनको गलत प्रयोग पनि गरिरहेको भन्दै पत्रकारमाथिको धरपकड रोकिनु पर्ने माग उनीहरूले इजलासमा गरेका थिए।

राज्यशक्तिमा भएका व्यक्तिहरूले प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउन खोजेको अवस्थामा अदालतले संवैधानिक हक संरक्षणका लागि भूमिका खेल्नुपर्ने उनीहरूको जिकिर थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *