गणेश ठाडामगर

काठमाडौं, ३ असार–सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) गणेश ठाडामगरलाई अतिरिक्त महानिरीक्षक (एआईजी)) मा बढुवा गर्ने निर्णय भएको छ।

सोमबार साँझको मन्त्रिपरिषद् बैठकले ठाडामगरलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। यसअघि १५ जेठमा ठाडामगरलाई एआईजीमा बढुवाका लागि सिफारिस गरिएको थियो।

२ वैशाखको राति १२ बजेतिर एआईजी चन्द्रप्रकाश (सीपी) गौतम अनिवार्य अवकाशमा गएका थिए। सशस्त्र प्रहरी नियमावलीमा उल्लेख भएको ३० वर्षे सेवा अवधिका कारण उनी अनिवार्य अवकाशमा गएका थिए ।

एआईजी चन्द्रप्रकाश (सीपी) गौतमकै ठाउँमा डीआईजी ठाडा मगर एआईजी बढुवा भएका हुन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *