काठमाडौँ, ५ असार–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले छ वटा प्रदेश र देशभरका ५० जिल्ला अधिवेशन सम्पन्न गरेको छ।

एकीकृत समाजवादी पार्टीले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश कमिटीका अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेको हो।

एकीकृत समाजवादी केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालकाअनुसार सङ्गठनलाई सुदृढ गर्न सबै टोल कमिटी, वडिा कमिटी, पालिका कमिटी जिल्ला कमिटी, प्रदेश कमिटी र केन्द्रसम्मका सदस्यको भेला, सदस्यता विस्तार, राजनीतिक प्रशिक्षण सञ्चालन भइरहेका छन्।

बाँकी प्रदेश तथा जिल्लाहरुमा यथाशक्य चाँडो अधिवेशन गरिने प्रचार विभाग उपप्रमुख अर्यालले जानकारी दिनुभएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *