बिर्तामोड, ५ असार–कोशी प्रदेश स्काउटको सहकार्यमा स्थानीय स्काउट कार्यालय बिर्तामोडले ७४औं स्काउट स्थापना दिवसको अवसरमा प्रभातफेरी र वृक्षारोपण गरेको छ ।
कार्यक्रमको औपचारिक उद्घाटन गर्दै महेन्द्र रत्न माविबाट रयाली सुरु भई दुर्गा मावि गरामनीको प्राङ्गणमा कोण सभा गर्दै वृक्षारोपन गरिएको थियो ।
सो कार्यक्रममा देवी माविका प्रधानाध्यापक अम्बिका श्रेष्ठ लगायत नगरका निजी, सामुदायिक विद्यालय गरी करिब ५०० बढी विद्यार्थीको सहभागिता रहेको थियो ।
वृक्षारोपन कार्यक्रममा सहभागी विद्यार्थी, शिक्षक, शिक्षिका लगायतले २५० बढी विरुवा रोपण गरेका थिए ।
