नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता डा.बेदुराम भुसाल

काठमाडौँ, १० असार–नेकपा (एकीकृत समाजवादी)) का वरिष्ठ नेता तथा सांसद डा.वेदुराम भूसालले बजेटले किसानको विपक्षमा काम गरेको आरोप लगाउनु भएको छ।

राष्ट्रियसभा बैठकको विशेष समयमा सोमबार बोल्दै सांसद भुसालले सरकारले वर्तमान सरकार किसानको भन्दापनि व्यापारीको पक्षमा रहेको आरोप लगाउनु भएको हो।

उहाँले उखु किसानलाई दिइँदै आएको अनुदान बन्द गरेर उखुबाटै उत्पादन भएका गुँड, सक्खर र चिनीको भन्सार शुल्कमा तीस प्रतिशत घटाएर किसानलाई डस्ने र व्यापारीलाई पोस्ने काम गरेको दाबी गर्नुभयो।

‘सरकार किसानको पक्षमा होइन व्यापारीको पक्षमा रहेछ। व्यापारीका निम्ति विदेशबाट आयात गर्ने त्यही उखुबाट उत्पादन भएको सामानका लागि सरकारले भन्सार शुल्क घटाएको छ, किसानलाई अनुदान बन्द गरेको छ,’ भुसालले भन्नुभयो, ‘यसबाट प्रष्ट देखिन्छ सरकार किसानको पक्षमा होइन, व्यापारीको पक्षमा छ। अनि यस्तो निर्णयलाई किसानलाई डस्ने र व्यापारीलाई पोस्ने निर्णय नभनेर के निर्णय भन्ने होला भन्ने मलाई लाग्यो।’

भुसालले गत माघ महिनादेखि दूध उत्पादक किसानले भुक्तानी नपाएको भन्दै सरकारले किसानलाई भुक्तानी दिनपनि नसकेको र दिलाउनका लागि कुनैपनि पहल नगरेको स्पष्ट पार्नुभयो।

उहाँले अगाडि भन्नुभयो,‘८० करोड अहिले पनि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागमा रहेछ। त्यसमा सरकारले ६० करोड थप्दा कृषि किसानले त्यो अनुदानको निरन्तरता पाउने रहेछन्। तर, यो सरकारले त्यति थप्न पनि चाहेन र थपेन। अर्कोतर्फ सरकारले के गरेको रहेछ भने उखुबाट उत्पादन, गुँड, सक्खर र चिनीको भन्सार शुल्कमा तीस प्रतिशतबाट घटाएर ५० प्रतिशत मात्र बनाएको रहेछ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *