दमक, २७ जेठ–झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल बिओपी टाघनडुब्बाको टोलीले गए राती करिब ५० हजार मूल्य बराबरको अवैध सामान पक्राउ गरेको छ।
नेपाल भारत सिमाबाट अबैधरुपले नेपाल भित्राउदै गरेको किटनासक औषधि,लत्ता कपडा र करिब ४० केजी परिमाणमा रहेको प्लास्टिक पक्राउ गरिएको सशस्त्र स्रोतले बताएको छ। पक्राउ गरिएको सामान भन्सार कार्यालय बुझाउने तयारी भइरहेको बताइएको छ।
उक्त सामान झापा गाउँपालिका-४ बेलौतीबारीबाट सशस्त्रले नियन्त्रणमा लिएको थियो। तस्कर भने सामान छोडेर फरार भएको स्रोतले बताएको छ। कनकाई अनलाइनबाट