काठमाडौँ, २ असोज–जेन-जी आन्दोलनका कारण प्रधानमन्त्रीबाट राजीनामा दिएर सैनिक ब्यारेकमा गएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गुण्डु सरेका छन्।

ओलीलाई भदौ २४ गते बालुवाटारबाट सेनाले हेलिकोप्टरमार्फत शिवपुरी ब्यारेकमा लगेर सुरक्षित राखेको थियो।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको सूर्यविनायक नगरपालिका(७ गुण्डुमा भाडाको घरमा सरेका एमाले स्रोतले जनाएको छ।

बालुवाटारबाट सेनाले हेलिकोप्टरमार्फत उनलाई ब्यारेकमा लगेर सुरक्षित राखेको थियो।

आन्दोलनकारीले ओलीको बालकोटमा रहेको निवासमा समेत आगजनी तथा तोडफोड गरी ध्वास्त बनाएका थिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *