केपी शर्मा ओली

काठमाडौँ, १ मंसिर–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्ध आन्दोलनको तयारी गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

मंगलबार काठमाडौँमा अखिल नेपाल किसान महासंघ केन्द्रीय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जुनसुकै वेला पनि आन्दोलन गर्नुपर्ने अवस्था आउने भन्दै आन्दोलनको मानसिकता बनाउन निर्देशन दिएका हुन्।

उनले आन्दोलन सधैँ लामो तयारी गरेर मात्रै नहुने तर्क गरे।असह्य भएपछि आन्दोलन तत्काल हुनसक्ने उनले बताए।

‘हामीले आवश्यकताअनुसार आन्दोलन गर्नुपर्ने हुन्छ। आन्दोलनको तयारीको मानसिकताका साथ साथीहरू सधैँ हरदम तयार हुनुहोला’, उनले भने, ‘आन्दोलन सधैँ लामो तयारी गरेर मात्र हुन्छ भन्न सकिँदैन, परिस्थिति असह्य भएपछि आन्दोलन तत्काल निस्किन्छ।’
–थाहाखबरबाट

 

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *