अष्टलक्ष्मी शाक्य

काठमाडौं, ३ असोज–नेकपा (एमाले) ले संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रम सुरू भएको छ।

शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा संविधान दिवसको कार्यक्रम राखेको हो।

संविधान दिवस मनाउन आयोजित कार्यक्रमको अध्यक्षता अष्टलक्ष्मी शाक्यले गरेकी छन्। उनी पार्टी उपाध्यक्ष हुन्।

जेनजीको प्रदर्शनपछि अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए। सेनाको सुरक्षामा बस्दै आएका उनी बिहीबारमात्रै बाहिर निस्किएका थिए।

संविधान दिवसको अवसरमा च्यासलमा आयोजित कार्यक्रमा उनी उपस्थित छैनन्।

मञ्चको अध्यक्षता गरिरहेकी उपाध्यक्ष शाक्यले निराश हुन जरूरी नभएको बताइन्।

‘शोकलाई शक्तिमा बदल्नुपर्छ। निराश हुन जरूरी छैन। हामीसँग संविधान छ’ उनले भनिन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *