काठमाडौं, १८ असोज–धरानबाट पाँचथरको फिदिम जाँदै गरेको बोलेरो गाडी तमोर कोरिडोरको कात्तिके भन्ने स्थानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

बोलेरोमा कुल ११ जना यात्रु रहेकामा ५ जनाको घटनास्थलमै मृत्यु भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेलले लोकपथलाई बताए ।

बोलेरो सडकबाट झन्डै पाँच सय मिटर तल खसेको जनाइएको छ ।

यति बेला स्थानीय, प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगी उद्धारको काम गरिरहेका छन् ।

घाइते भएकामध्ये ५ जनालाई धरान र १ जनालाई फिदिममा उपचारका लागि पठाइएको छ ।

प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेल, नेपाल प्रहरीका डिएसपी लगायतको टोली यति बेला घटनास्थलमै उद्धारका लागि खटिएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *