गृह मन्त्रालय

झापा, १८ असोज–लगातार वर्षाका कारण उत्पन्न आपतकालीन अवस्थाको मूल्यांकन गर्दै सरकारले आइतबार र सोमबार दुई दिन बिदा घोषणा गरेको छ।

असोज १९ र २० गतेका दिन विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँगसम्बन्धित कार्यालयहरूबाहेक नेपाल राज्यभर सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।

‘जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सूचना अनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको र हाल देशका विभिन्न भागमा वर्षासमेत भइरहेको हुँदा विशेष सतर्कता अपनाउन अनुरोध भएको छ,’ सूचनामा लेखिएको छ, ‘वर्षाका कारण उत्पन्न हुन सक्ने बाढी, डुबान, भूक्षय लगायतका जोखिमको साथै सडक तथा हवाई यातायात प्रभावित हुने र मानवीय क्षतिसमेत हुन सक्ने सम्भावनालाई मध्यनजर गरी २०८२ असोज १९ र २० गतेका दिन विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरूबाहेक नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’

यस अवधिभर अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन र सुरक्षित स्थानमा रहन पनि मन्त्रालयले भनेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *