काठमाडौं, १९ असोज–शुक्रबार साँझदेखिको अविरल वर्षा अहिले केही कम भएको छ । काठमाडौंमा आज विहानैदेखि वर्षा रोकिएको छ ।
तर, मौसमविद्का अनुसार पानी सम्भवाना कायमै छ । आज दिउँसो र राति पनि देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ ।
मधेश र कोसी प्रदेशमा राति भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज ९आइतबार० दिउँसो र राति कहाँ, कत्रो वर्षाको सम्भावना छ भन्ने विषयमा जानकारी दिएको छ।
मौसम महाशाखाले जारी गरेको प्रक्षेपणअनुसार
आज दिउँसो स् कोसी प्रदेश र मधेस प्रदेशका अधिकांश स्थामा पूर्ण बदली रही बागमती प्रदेश, लु्म्बिनी प्रदेशमा साधारणतया बदली र बाँकी स्थानमा आंशिक बदली रहनेछ।
कोसी प्रदेश र मधेस प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका पहाड र तराई भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश र मधेस प्रदेशका एक दुई९स्थानमा भारी वर्षाको सम्भावना छ।
आज राति स् कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेशलगायत देशका पहाड क्षेत्रमा साधारणतया बदली रही बाँकी ठाउँमा आंशिक बदली रहने छ।
कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेशलगायत देशका पहाड भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशका पहाड भूभागका एक९दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

