दमक, २१ असोज–झापाको दमक ५ मा एक जना बालक सुतेकै ठाउँमा मृत फेला परेका छन् । दमक वडा न ५ धनेश्वर चोक बस्ने चन्द्रमान रिमालका छोरा ५ वर्षीय लविस रिमाल आज विहान सुतेकै ठाँउमा मृत फेला परेका हुन् ।

आफनै अढाइ तले घरको तल्लो तलामा बेलुकाको खाना खाई बुवासंगै सुतेका बालक विहान ६ वजे तिर उतानो परी मृत अवस्थामा फेला परेका थिए ।

घटनाका सम्बन्धमा थप अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *