काठमाडौँ, २३ असोज–गृह मन्त्रालयले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षार्थ खटाइएको टोलीमा कटौती गरेको छ।
मन्त्रालय उच्च स्रोतका अनुसार ओलीले मापदण्डविपरीत साथमा राखेका २८ सुरक्षाकर्मीलाई बिहीबार फिर्ता बोलाइएको छ भने दाहालका ३४ सुरक्षाकर्मीलाई पनि फिर्ता पठाइएको छ। दाहालको सुरक्षामा ५२ सुरक्षाकर्मी खटिँदै आएका थिए ।
विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिअनुसार पूर्वप्रधानमन्त्रीसहित उच्चपदस्थ व्यक्तिहरूलाई तोकिएकै मापदण्डमा सुरक्षा व्यवस्था गर्नुपर्ने व्यवस्था छ ।
सोही कार्यविधिअनुसार गृह मन्त्रालयले दुवै नेताको सुरक्षामा रहेका मापदण्ड विपरीतका सुरक्षाकर्मी हटाउने निर्णय गरेको हो।
