काठमाडौँ, २३ असोज–सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गरेको छ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग खारेज गरेको हो।
यस्तै सबै जिल्ला समितिहरू पनि खारेज गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिए।
