राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौं, २४ असोज–राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाउनु भएको छ।

चुनावको कार्यतालिका समेत आइसकेको अवस्थामा राजनीतिक दलहरूसँग सरकारको संवाद नै नभइरहेको अवस्थामा राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीसहितका राजनीतिक दलहरूलाई आह्वान गर्दै दिउँसो ४ बजे सार्वदलीय बैठक बोलाउनु भएको हो ।

यसअघि हिजो राष्ट्रपति रामचन्द्र पौडैल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको थियो ।

भेटमा राष्ट्रपति रामचन्द्र पौडेलले चुनावका लाग राजनीतिक वातावरण तय गर्न सरकारलाई प्रधानमन्त्रीलाई सुझाव दिनु भएको थियो भने प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगले चुनावको तयारी गरिरहेको र त्यसअनुसार सरकारले चुनावका लागि आवश्यक तयारी गरिरहेकोबारे राष्ट्रपतिलाई ब्रिफिङ गर्नु भएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *