काठमाडौं, २४ असोज–पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले जेनजी आन्दोलनमा दमन गर्नेमाथि तत्काल कारबाही गर्न माग गरेका छन् ।

जेनजी आन्दोलन एक महिना पुगेको अवसरमा भट्टराईले सामाजिक सञ्जालमार्फत आन्दोलनमा दमन गर्ने तथा भ्रष्टाचारीमाथि तत्काल कारबाही हुनुपर्ने माग गरेका हुन् ।

यस्तै, उनले जेनजी युवाहरू उम्मेदवार बन्न पाउने गरी न्यूनतम उमेरको हद २५ वर्षबाट २१ वर्ष कायम गर्न र विदेशबाट मतदानको व्यवस्था गर्न पनि माग गरेका छन् ।

मुलुकमा थप मुठभेड हुन नदिन तोकिएको मितिमै स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्नुपर्नेमा भट्टराईको जोड छ ।

यस्ता छन् उनले दिएका सुझाव स्

(जेनजी विद्रोह पुराना दल र नेतृत्व, मुख्यतः गत दश वर्षमा पालैपालो सरकारको नेतृत्व गर्ने तीन दलका तीन टाउकाको चरम सत्तालिप्सा, कुशासन र भ्रष्टाचारले युवाहरू र आम जनतामा ल्याएको आक्रोशको परिणाम हो भन्ने तथ्यलाई आत्मसात गरौँ।

(देशभित्र आम जनतामा असन्तुष्टि छाउँदा, राज्यका सबै अंगहरूको दलीयकरण र क्षयीकरण हुँदा अकस्मात् जनविद्रोह विस्फोटित हुँदा कति भयावह स्थिति उत्पन्न हुँदोरहेछ र संवेदनशील भूराजनीति क्रियाशील हुँदोरहेछ भन्ने दरोसँग बुझौँ।

(लोकतन्त्रमा राजनीतिक दलहरू नै राज्यका प्रमुख खम्बा र सुशासन तथा समृद्धिका वाहक हुनाले पुराना दलहरूको रूपान्तरणसहित पुस्तान्तरण र नयाँ तथा वैकल्पिक शक्तिहरूको बृहत् ध्रुवीकरणरमोर्चाबन्दीमार्फत देशलाई पुनर्निर्माण र नवनिर्माणको द्रूतमार्गमा डोर्‍याऊँ।

(तत्काल विद्रोहका नायक जेनजी युवाहरूका जायज मागहरू ९आन्दोलनमाथि हिंस्रक दमन गर्नेहरू र ठूला भ्रष्टाचारीहरूमाथि तुरून्त कार्वाही, जेनजी युवाहरू उम्मेदवार बन्न पाउने गरी न्यूनतम उमेरको हद २५ बर्षबाट २१ बर्ष कायम, विदेशबाट मतदानको व्यवस्था आदि० पूरा गरेर तोकिएको मितिमै स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गरौँ।

स्मरण रहोस्, जसले अझै हठ गरेर देशलाई थप द्वन्द्वको दिशामा धकेल्ने धृष्टता गर्छ र देशको स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्तन्त्रलाई नै धरापमा पार्ने कुकृत्य गर्छ, उसलाई नेपाली इतिहासले कहिल्यै क्षमा गर्ने छैन।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *