शेरबहादुर देउवा

काठमाडौं, २८ असोज–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनबाट आफूले बिदा लिने कुरामा कुनै द्विविधा नरहेको बताएका छन्।

आज (मंगलबार) पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै देउवाले आगामी महाधिवेशनबाट आफूबाहेक अरु नै साथी सभापति हुने बताए।

‘म साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने ‘घरमा सधैं एकै जना मूली रहँदैन’ पार्टीमा पनि हमेसा एकै जना सभापति रहिरहँदैन। जहाँसम्म मेरो विषय छ, मैले पहिले नै वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५ औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत् रुपमा हस्तान्तरण गर्छु भनिसकेको छु। आगामी १५ औं महाधिवेशनबाट म बाहेक अरु कुनै साथी सभापति बन्नु हुनेछ त्यसमा द्विविधा छैन,’ बैठकमा लिखित सम्बोधन प्रस्तुत गर्दै देउवाले भने।

उनले राष्ट्र, लोकतन्त्र र लोकतान्त्रिक शासन पद्धति गम्भीर संकटमा परेको अवस्थामा पार्टीभित्र एकता कायम राख्नुपर्नेमा जोड दिएका छन्।

‘यसलाई ध्यानमा राखी हाम्रो पार्टीको विधान अनुसार तोकिएको समयमा १५ औं महाधिवेशन सम्पन्न गर्ने विषयमा केन्द्रीय समितिले गम्भीर छलफल गरी आवश्यक निर्णय लिनेछ।’ देउवाले भने।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *