काठमाडौं, २८ असोज–अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न उजुरी दिन आह्वान गरेका छन्।

सिंहदरबार परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले गिरिबन्धु टि(स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न उजुरी दिन आह्वान गरेका हुन्।

नागरिकले उठाउँदै आएका प्रकरणहरूका फाइल खुल्छन् त रु भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा गृहमन्त्री अर्यालले मन्त्री आफैँ उजुरी हाल्दै हिँड्न नमिल्ने र पीडितले उजुरी दिए प्रक्रिया अघि बढ्ने बताए।

लिखित रुपमा उजुरी राज्य संयन्त्रमा आए त्यसविरुद्ध प्रक्रिया अघि बढाइने उनको भनाइ छ। गृहमन्त्री अर्यालकाअनुसार पहिला आदेशले चल्ने गरे पनि अहिले देश कानूनले चलिरहेको छ। भइरहेको कानून कार्यान्वयन हुने र कसैले त्यसमा हस्तक्षेप नगर्ने जिकिर गरे। कुनै पूर्वाग्रह राखेर नभइ कानून, प्रमाण, उजुरी हेरेर राज्य संयन्त्रले काम गर्ने दाबी गरे।

मन्त्री अर्यालले तोकिएको समयमा निर्वाचन हुने दाबी गरे।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *